> आर्थिक/बिकास > प्यूठानमा पेट्रोलियम पदार्थ नियमित आपूर्ति गर्ने व्यवसायीको प्रतिवद्धता


प्यूठानमा पेट्रोलियम पदार्थ नियमित आपूर्ति गर्ने व्यवसायीको प्रतिवद्धता

प्यूठान, ६ असोज । जिल्लामा नियमित रुपमा पेट्रोलियम पदार्थको आपूर्ति गर्न व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।

लामो समयदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भइरहेको भन्दै उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको व्यवसायी र प्रशासनबीचको बैठकमा व्यवसायीले यस्तो प्रतिवद्धता जनाएका हुन ।

नियमित रुपमा पेट्रोलियम पदाथ आपूर्ति गर्ने, कालोबजारी रोक्ने र अनुगमन गर्ने विषयमा व्यवसायी र प्रशासनबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । ‘उपभोक्ताको गुनासो आएपछि व्यवसायीलाई बोलाएर छलफल गरिएको हो,’ उहाँले भन्नुभयो,‘उहाँहरुले राख्नुभएको समस्याको पनि समाधान हुनेभएको छ ।’
व्यवसायीले नियमित रुपमा आयल निगमबाट पेट्रोलियम पदार्थ नपाउने समस्या रहेको भन्दै गुनासो गरेका थिए ।
उक्त विषयमा आयलनिगमसँग समेत टेलिफोनमा कुराकानी गरि समस्या समाधान गरिएको प्रजिअ भुसालले बताउनुभयो । यो सहमतिसँगै अब जिल्लामा कालोबजारी बन्द हुने र पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *