प्यूठान, २७ असार । जिल्लामा संक्रमित भएका कोरोनाका विरामी निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । आज शनिबार मात्र ४८ जना संक्रमित व्यक्ति घर फर्किएका स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
शनिबार स्वगद्वारी नगरपालिकाका १९ जना, मल्लरानी गाउँपालिकाका ७ जना र माण्डवी गाउँपालिकाका २२ जना रहेका छन् ।
जिल्लामा अव ७७ जना व्यक्ति मात्र आइसोलेसनमा रहेका छन् । त्यसैगरि जिल्लाभर ५६१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।
जिल्लामा संक्रमित ३२८ जनामध्ये २५१ जना घर फर्किसकेका छन् । १८७ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ ।
