प्रज्वल पहाडी
प्यूठान, २९ फागुन ।
प्यूठान नगरपालिका–२,दाखाक्वाडीका तुलासिंह खड्कालाई तरकारी खेतीको स्याहार गर्न भ्याईनभ्याई हुन्छ । विहान देखि साझ सम्मको प्राय सयम तरकारी बारीमै बित्छ । व्यवसायिक तरकारी खेती गर्न थालेपछि उहाँलाई खेतीबाट राम्रो प्रतिफल पाउँने आशा छ ।
मेहनत अनुसार वि?वा राम्रोसँग हुर्किएका छन्, खड्काले भन्नुभयो, गर्मी सिजनमा तरकारीको मूल्य समेत राम्रो आउने हुँदा आम्दानी पनि राम्रै होला । टनेलमा लगाएका झण्डै १२ सय टमाटर र काक्रोले फल हाल्न थालेका छन् । टमाटर उहाँका लागि पैसा फल्ने बोट हो । अन्य तरकारी भन्दा टमाटरबाट बढी आम्दानी हुने गर्दछ । त्यसैले पनि टमाटरका बोट बढी छन् ।
टनेलमा टमाटरसँगै काक्रो, खुर्सानी, भाण्टा र भिण्डी पनि लगाउनुभएको छ । खड्काले हरियालि कृषि फर्म दर्ता गराएर व्यवसायिक ?पमा अगाडी वढ्नुभएको हो । साढे चार रोपनीमा तरकारी खेति गरेको छु, उहाँले भन्नुभयो, बाँकी जग्गामा घाँस लगाएको छु ।
विगत पाँच वर्षदेखि कृषि क्षेत्रमा जोडिएका खड्काले कृषिसँगै माछापालन र बङ्गुरपालन गर्दै आउनुभएको थियो । पाँच वटा भैंसी पालेको छु, उहाँले भन्नुभयो, मासिक ३० हजारको दुध विक्री गर्दै आएको छु ।
तरकारी खेतीबाट वार्षिक तीन लाख बराबरको आम्दानी गरेको गतवर्षको अनुभव छ । यस वर्ष त्यो भन्दा बढी आम्दानी हुने अपेक्षा छ । खड्कालाई प्यूठान नगरपालिकाले कृषि अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले गतवर्ष नौ लाख उपलब्ध गराएको थियो । अनुदानले व्यवसायिक कृषि गर्न सहयोग मिलेको उहाँले बताए ।
नेपाल प्रहरीको जागिर द्धन्द्धकालमा छाडेर दश वर्ष भारतमा विताउनुभयो । खड्काले गाउँकै दश रोपनी पाखोबारीमा मसालेदार अदुवा, बेसार खेती समेत गर्दै आउनुभएको छ । कृषिखेति सम्वन्धि तालिम समेत लिएकाले उहाँलाई रोगकिरा लागेमा त्यसको उपचार गर्न समेत आउँछ । कृषिमा श्रीमति, बुवा र आमाले समेत सघाउँदै आएको खड्काले बताउनुभयो । जग्गा बढाएर खेति विस्तार गर्ने सोच भएको उहाँले सुनाउनुभयो । २० रोपनी जतिमा खेति गर्न पाए अझ राम्रो हुन्थ्यो, उहाँले भन्नुभयो, सफलता मिल्दै गयो भने त्यो सोंच पनि पुरा हुनेछ ।