> राजनीति > मल्लरानी गाउँपालिकाको अध्यक्षमा शिवराज श्रेष्ठ र कृष्ण खड्का


मल्लरानी गाउँपालिकाको अध्यक्षमा शिवराज श्रेष्ठ र कृष्ण खड्का

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि मल्लरानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट शिवराज श्रेष्ठ र गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका प्यूठान जिल्ला अध्यक्ष कृष्ण खड्काले उम्मेदवारी दिनुभएको छ ।

उपाध्यक्षमा एमालेबाट इश्वरा आचार्य र गठबन्धनबाट नेपाली कांग्रेसका रमेश कुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

एमालेबाट १ नं. वडामा खुमानसिंह राहुँ, २ नं. वडामा रामु पौडेल, ३ नं. वडामा नोमराज पौडेल, ४ नं. वडामा गोपाल प्रसाद नकर्मी र ५ नं. वडामा रामबहादुर थापाले वडा अध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ ।

गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका १ नं. वडामा चिन्त बहादुर राहुँ, २ नं. वडामा लेखबहादुर थापा, ३ नं. वडामा शिव पौडेल र नेपाली कांग्रेसका ४ नं. वडामा कुमार श्रेष्ठ र ५ नं. वडामा गोपाल थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी पार्टी)बाट १ नंं वडामा झविलाल राहुँले उम्मेदवारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *