> समाज > आगलागी नियन्त्रणका लागि प्यूठानमा कार्ययोजना निर्माण


आगलागी नियन्त्रणका लागि प्यूठानमा कार्ययोजना निर्माण

प्यूठान । सम्भाबित आगलागीका घटना न्यूनीकरणका लागि जिल्लामा आगलागी नियन्त्रण सम्बन्धि पुर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना २०८१ निर्माण गरिएको छ ।

 

वडा स्तर सम्म कार्यदल गठन गर्ने, पुर्वतयारी गर्ने, घटना बारे सूचना प्रवाह गर्ने, नियन्त्रणको लागि तयार रहने, स्वयंसेवकहरु परिचालन गर्ने, राहत समाग्रीको ब्यस्थापन लगायतका बिषय समेटिएको कार्ययोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी रमा सुबेदि आचार्यले जानकारी दिनुभयो । घटना न्यूनीकरणमा कार्ययोजनाले मद्धत गर्ने उहाले बिश्वास व्यक्त गर्नुभयो ।

 

वन ऐन २०७६ अनुसार आगलागीमा सम्लग्न दोषीलाई बिगो असुल सहित ६० हजार जरिवाना, तीन वर्ष कैद सजाय वा दुबै सजाय हुने कानुनी ब्यबस्था रहेकोछ ।

 

गतवर्ष जिल्लामा १६८ वटा आगलागीका घटना भएका थिए भने ९ जनालाई कानुनी कार्वाही भएको थियो ।

 

जिल्लामा ४५१ वटा सामुदायिक वन, १८४ कबुलियती, ७ वटा निजि वन, १ संरक्षित वन र सरकारी संरक्षित वन रहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *