> राष्ट्रिय > बेपत्ता भएको १५ महिनापछि भेटिएको कंगाल पत्रकार खड्काको भएको पुष्टी


बेपत्ता भएको १५ महिनापछि भेटिएको कंगाल पत्रकार खड्काको भएको पुष्टी

प्यूठान, १७ असार । २०७६ मंसिरमा भेटिएको कंगाल वेपत्ता अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको छ ।

बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मंसिरमा झोलासंगै पर्स र कंगाल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा उक्त कंगाल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।

नेपाल पत्रकार महासंघले शोक विज्ञप्ती जारी गर्दै पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि वेपत्ता हुनु र १५ महिनापछि कंगालसंगै फेला परेका सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले घटनाको गहिरो अनुसन्धान र सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

महासंघले स्वर्गीय खड्काप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *