प्युठान महोत्सव : स्वास्थ्य शिविरमा सेवा लिनेको भिड
प्युठान । स्वर्गद्वारी प्युठान पाचौं महोत्सव-२०७९ मा संचालन गरेको नि:शुल्क स्वास्थ्य शिबिरमा सेवाग्राहीको चाप बढेको छ ।
लुम्बिनी सिटि हस्पिटल बुटवल, स्वर्गद्वारी लाईफ केयर हस्पिटल बाग्दुला लगायतको सहकार्यमा शिबिर आयोजना गरेको हो । विशेषज्ञ सहितको सिबिरमा दैनिक सयौं जनाले स्वास्थ्य सेवा लिने गरेको लुम्बिनी सिटी हस्पिटलका ब्यबस्थापक बसन्त जिसीले बताउनुभयो । हालसम्म ३ हजार६१६ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पेट, छाती, दम, मुटु, थाईराइड सम्बन्धि १ हजार ६४५ जना, महिला तथा स्तन क्यान्सर सम्बन्धि ६९० जना, हार्ड्जोर्नि तथा नसा सम्बन्धि ६२२ जना, मानसिक रोग सम्बन्धि ४८ जनाले सेवा लिएका छन ।
त्यसैगरी बाल रोग सम्बन्धि ३०१ जना, नाक, कान, घाटी सम्बन्धि ३१० जनाले सेवा लिएको जिसीले जानकारी दिनुभयो । शिबिरमा ५९२ जनाले भिडियो एक्सरे, १ हजार २२० जनाले ल्याब टेस्ट र २४४ जनाले ईसिजि गराएका छन ।
स्वास्थ्यको पहुँचबाट बाहिर रहेका अति गरिब बिपन्न तथा आम जिल्ला बासीले विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा प्राप्त गरेको जिसीको भनाई छ ।
शिविरमा फागुन ४, ५ र ७ गते हाडजोर्नि तथा नशा रोग, फागुन ४, ५ र ६ गते महिला तथा स्त्री रोग, फागुन ४ देखी १० गतेसम्म जनरल मेडिसीन, फागुन ४ र ५ गते नशा तथा मानसिक रोग, फागुन ४ गते स्तन क्यान्सर रोग तथा सर्जरी, फागुन ७ गते नाक, कान, घाँटी रोगको सेवा दिइएको छ ।
फागुन ९ गते न्यूरो सर्जरी सम्वन्धी जाँच तथा परामर्श गरिने आयोजकले जनाएको छ ।