प्यूठान । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न अधिवेशनबाट गणेश बस्नेतलाई पुनः अध्यक्षमा दोहोर्याउँदै नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, सविन प्रियासन, देविका घर्तिमगर, महासचिव हिरामान लामा, उपमहासचिव सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्ष इन्द्र आचार्य चयन हुनुभएको छ । सचिवमा इन्द्र आचार्य, विक्रम लुइटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्शरी कुँवर र हरिबल्लभ नेपाल चयन हुनुभएको छ ।
अधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो । केन्द्रीय सदस्यमा प्यूठानबाट गिरुप्रसाद भण्डारी चयन हुनुभएको छ । भण्डारी यसअघि पनि दुई कार्यकाल केन्द्रीय सदस्य हुनुभएको थियो ।
