> समाज > प्यूठानमा कोरोना निको हुनेको संख्या पनि बढ्दै


प्यूठानमा कोरोना निको हुनेको संख्या पनि बढ्दै

प्यूठान, १७ असार । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय बढी पुगेका बेला निको हुनेको संख्या पनि बढ्न थालेको छ । ३ सय ४ जना संक्रमित मध्ये हालसम्म ३५ जना संक्रमित निको भएका छन् ।

आज बुधबार सात जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ३५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

निको हुनेमा नौबहिनी गाउँपालिकाका १७, माण्डवी गाउँपालिकाका ११ जना, प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका र गौमुखी गाउँपालिकाका २, २ जना र सरुमारानी गाउँपालिकाका १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *