> स्थानीय सरकार > झिमरुकले ल्यायाे ४७ करोड बराबरकाे बजेट


झिमरुकले ल्यायाे ४७ करोड बराबरकाे बजेट

प्यूठान, १० असार । झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरेको छ ।

तस्विर : बासुदेव गिरी

झिमरुक गाउँपालिकाले आगामी वर्षका लागि ४७ करोड रुपियाँ बराबरको बजेट ल्याएको छ ।

 

झिमरुकले चालुतर्फ ३६ करोड १६ लाख ९४ हजार रुपियाँ र पुँजिगत तर्फ ११ करोड ५ लाख ३७ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । असार ९ गते बुधबार सम्पन्न गाउँसभामा अध्यक्ष तिलक बहादुर जिसीले नीति तथा कार्यक्रम र प्रवक्ता टिका बहादुर जिसीले बजेट प्रस्तुत गर्नुभएको हो ।

 

झिमरुकको नीति
झिमरुक गाउँपालिकाले अन्तर पालिकाबीच सहकार्य गरि विकासका कार्यहरु अघि बढाउने नीति लिएको छ । जसले पालिका बीचको अन्र्तसम्वन्धलाई मजवुत बनाउने उल्लेख छ ।

 

त्यसैगरि कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।
कोरोनाका कारण रोजगार गुमाएर फर्किएका युवालाई यसवर्ष पनि उद्यमशिलतातर्फ जोड दिँदै कार्यक्रम निरन्तरता दिएको छ ।

 

तस्विर :बासुदेव गिरी

पालिकाले समतामुलक विकास नीति लिएको छ । विकासलाई पहुँचका आधारमा नभई आवश्यकताको आधारमा आगाडी बढाईने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *