> राष्ट्रिय > खप्तड बुढाथोकी क्षेत्री सेवा समाजको जिल्ला अधिबेसन


खप्तड बुढाथोकी क्षेत्री सेवा समाजको जिल्ला अधिबेसन

अनुज पछाई , प्यूठान । खप्तड बुढाथोकी क्षेत्री सेवा समाजको प्रथम जिल्ला अधिबेसन शनिबार बिजुवारमा सम्पन्न भएको छ ।

कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा सम्पन्न भएको अधिबेसनले दान बहादुर बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा हेमन्त बुढाथोक , सचिब किशोर बुढाथोकी र कोषाध्यक्षमा शैलेन्द्र बुढाथोकी सर्बसहमत चयन हुनुभएको छ ।


महिला सदस्यमा रजिता बुढाथोकी, निता बुढाथोकी र कौशल्या बुढाथोकी चयन हुनुभएको छ । सदस्यहरुमा कमृता बुढाथोकी, नारायण बुढाथोकी, भरत बुढाथोकी, कमल बहादुर बुढाथोकी, कमल बुढाथोकी, झइन्द्र बुढाथोकी, झक्त बहादुर बुढाथोकी र सागर बुढाथोकी रहनुभएको छ ।

खप्तड बुढाथोकी क्षेत्री सेवा समाजका जेष्ठ नागरिक चुमानसिह बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रको प्रमुख अतिथि खप्तड बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रिय कार्यसमितिका सचिब कृष्ण बहादुर बुढाथोकी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले बंशजको खोजी तथा संरक्षण एकले मात्र गरेर सम्भब नभएकाले बंसजको जर्गेना गर्न सबै लाग्नुपर्ने बताउनुभयो । साथै बंशजको संरक्षणसंगै सेवाको क्षेत्रमा लाग्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै केन्द्रिय प्रतिनिधि सत्य बहादुर बुढाथोकीले ब्रशजको संरक्षण संबद्र्धन र प्रबद्र्धन तथा बिकासको लागी सेवा समाज स्थापना भएको स्पष्ट पार्नुभयो । २०५६ सालमा स्थापना भएको सेवा समाज हाल ७७ जिल्लामै रहेको र अहिले ५६ बढी जिल्लामा अधिबेसन सम्पन्न भएको पनि केन्द्रिय प्रतिनिधि सत्य बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।


आर्य समुहबाट बिकास भएको यस बुढाथोकी क्षेत्री सेवा समाज को प्रमुख उद्धेश्य बंशज तयार पार्ने रहेको उहाँको भनाइ थियो । साथै कोष जम्मा गरेर छात्रबृत्ति जस्ता समाजसेवा गर्दै आएको कुरा स्मरण गर्दै नाफामुखि भन्दा पनि समाजसेवा कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहन सहभागी सम्पूर्ण भाइबन्धुमा आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *