> राष्ट्रिय > प्यूठानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि


प्यूठानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

प्यूठान, १४ असार । प्यूठानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा आइतवार गरिएको परिक्षणमा प्यूठानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार संक्रमित प्यूठान नगरपालिकाका ४ जना, माण्डबी गाउँपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका ७ जना, सरुमारानी गाउँपालिकाका ५ जना र स्वर्गद्वारी नगरपालिकाका ७ जना रहेका छन् । संक्रमित १४ वर्षदेखि ६२ वर्षसम्मका २ जना महिला र २७ जना पुरुष रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *