> समाज > सारङ्गीको धुनमा कोरोनाको सचेतना ! (भिडियो सहित)


सारङ्गीको धुनमा कोरोनाको सचेतना ! (भिडियो सहित)

प्यूठान, २६ फागुन ।
कोरोना संक्रमणबाट बच्न ऐरावती गाउँपालिकाले सचेतना अभियान चलाएको छ । गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा साङ्गेतिक अभियान चलाएको हो । गीत मार्फत मनोरञ्जन सहित चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको अर्जुन गन्र्धवले बताउनुभयो । फागुन २२ गतेदेखि अभियान शुरु गरेका छौं, उहाँले भन्नुभयो, एक महिनासम्म यो अभियान चल्नेछ ।
कोरोना संक्रमणबाट कसरी बच्ने भनेर गीत बनाएका छौं, पूर्ण बहादुर गन्र्धवले भन्नुभयो, गाउँमा गएर सवैलाई गीत मार्फत सूचना दिइरहेका छौं । उहाँका अनुसार कोरोनासँगै वन डढेलो नियन्त्रणको गीत पनि सुनाउने गरिएको जानकारी दिनुभयो । स्थानीय सारङ्गी बाजाको प्रर्वद्धन गर्दै गाउँपालिकाले यस्तो अभियान चलाएको हो । अभियान बापतको पारीश्रमिक गाउँपालिकाले उपलब्ध गराउने सहमति भएको अर्जुन गन्र्धवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *