प्यूठान । बैंक तथा वित्तिय संस्थाहरुले बढाएको ब्याज र राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका विरुद्ध जिल्लाका व्यवसायी आन्दोलित भएका छन् ।
राष्ट्र बैंककको निर्देशिकाले उद्यमी व्यवसायी मर्कामा परेको भन्दै उक्त अव्यवहारीक नीति विरुद्ध हस्ताक्षर संकलन थालिएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो ।
पुस १५ देखि २१ गतेसम्म नौ वटै बजार इलाबाट हस्ताक्षर संकलन गरिने अध्यक्ष नकर्मीले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको निणर्य अनुसार हस्ताक्षर संकलन गरिएको र उक्त हस्ताक्षर नेपाल सरकार र राष्ट्र बैंकलाई बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
