समाजराष्ट्रिय

प्यूठानमा ससुरालीबाट फर्किएका एक पुरुष मृत फेला

प्यूठान । गौमुखी गाउँपालिका वडा नं. ७ नारिकोटमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ४५ वर्षीय धन बहादुर रोका ढ्वाटेखोला नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

रोका श्रीमती सहित चैते दशैंमा गौमुखी गाउँपालिका वडा नं. ५ स्थित खुङ गएका थिए । साँझ श्रीमतीसँगै फर्किएका थिए । “श्रीमत अघिअघि र श्रीमान पछीपछी रहेछन्” प्रहरी निरीक्षक देवीप्रसाद गैरेले भन्नुभयो,“श्रीमती घर पुग्दासमेत धेरैबेर नआएपछि खोज्ने क्रममा मृत फेला परेको हो ।”

 

शनिबार राती साढे १२ बजे मृत अवस्थामा बाटो देखी अन्दाजी १० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो । बाटोबाट लडेर मृत्यु भएको अनुमान गरिएको र थप कुरा अनुसन्धानपछि खुल्ने उहाँले बताउनुभयो ।

Related Articles

Back to top button