महेश थापा
बाहाने, १० असार । आगामी आर्थिक बर्षको लागि नौबहिनी गाउँपालिकाले ४८ करोड २६ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ ।
आज गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।
संघिय सरकारबाट ४० करोड ४९ लाख ६६ हजार १ सय २१ रुपियाँ, प्रदेश सरकारबाट २ करोड ९९ लाख १२ हजार र ४ करोड ७७ लाख २१ हजार ८ सय ७९ रुपियाँ बिनियोजन गरेको हो ।
कोभिड रोकथाम नियन्त्रण तथा उपचारका लागि बजेट
गाउँपालिकाले कोरोना भाइरस(कोभिड-१९) नियन्त्रण तथा ब्यबस्थापनका लागि समेत बजेट बिनियोजन गरेको छ । ब्यबस्थापनमा १ करोड र गाउँ फर्केका ब्यक्तिलाई रोजगारि दिने गरि कार्यक्रम संचालन गर्न १ करोड छुट्टाइएको छ ।
यसै बर्ष खरको छानो मुक्त
गाउँपालिकाले यसै बर्ष खरको छानो मुक्त गर्ने गरि योजना ल्याएको अध्यक्ष शिव रिजालले बताउनुभयो । जसका लागि २ करोड ५० लाख बिनियोजन गरिएको छ ।
पालिका र वडा भवन बन्ने
यसै बर्ष पालिका सहित वडाका भवनले समेत पुर्णता पाउने अध्यक्ष रिजालले बताउनुभयो । वडा भवन निर्माणका लागि २ करोड बिनियोजन गरेको उहाले जानकारी दिनुभयो ।