> स्थानीय सरकार > प्यूठान नगरपालिकाको कार्यक्रम कार्यान्वयन छिटो छरितो बनाउने


प्यूठान नगरपालिकाको कार्यक्रम कार्यान्वयन छिटो छरितो बनाउने

प्यूठान, १ साउन । प्यूठान नगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ ।

बजेट तथा कार्यक्रममा लोकप्रिय भएपनि कार्यान्वयन कमजोर हुँदा प्रभावकारीता नदेखिने भन्दै त्यसतर्फ नगरपालिकाले चासो लिएको हो ।

नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बजेटको कार्यान्वयन छिटो छरितो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले त्यसका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीलाई योजना तथा कार्यक्रम कार्यान्वयनको अख्तियारी समेत दिनुभएको छ । साथै कार्यसम्पादन सम्झौता समेत गरिएको बताउनुभयो ।

 

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *