> समाज > सामाजिक विकृत विरुद्धको अभियान


सामाजिक विकृत विरुद्धको अभियान

बासुदेब गिरी
प्युठान, २४ फागुन ।
सामाजिक विकृत हटाउन मरन्ठाना प्रहरी चौकीले अभियान चलाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गाउँमा शान्ति सुरक्षासँगै सामाजिक विकृति हटाउने अभियान चलाइएको हो ।
शनिबार भएको कार्यक्रममा प्रहरी सहायक निरिक्षक टिका कुँवरले स्थानीयको सहयोगमा शान्ति सुरक्षालाई मजबुत बनाउन सकिने बताउनुभयो । उहाँले गाउँमा हुने विकृति विसंगति हटाउन पनि स्थानीयको सहयोग आवश्यक पर्ने उहाँको भनाई छ । प्रहरीले जनतासँग घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी दिनभयो ।
गाउँघरमा सडक सञ्जाल र इन्टरनेटको पहूँच पुग्दै गर्दा त्यसले अपराधिक घटना समेत बढाउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । उहाँले भन्नभयो, साईबर क्राईम, मानव बेचबिखन, लागुऔषध सेबन तथा ओसारपोसार लगायतका घटना बढ्न सक्ने र यस्को प्रत्यक्ष सिकार कलिला बालवालिका हुन सक्छन् ।
समुदायमा हुने विभिन्न खालका महिला हिंसा तथा घरेलु हिंसाको विरुद्धमा प्रहरीले समुदायसँग मिलेर जनचेतना कार्य गरेकाले जनतामा उत्साह थपिएको स्थानीय दिपेन्द्र केसीले बताउनुभयो । प्रहरीको यस्ता कार्यक्रमले समाजमा हुने चोरी तस्करी नियन्त्रण गर्न, वाल विवाह, लागु औषध दुव्र्यसनीबाट वच्न वचाउन सहयोग पुगेको प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरीले बताउनुभयो । घरेलु हिंसाको नियन्त्रण गर्न तथा अवैध घरेलु मदिरा मुक्त समाज निर्माण गर्न प्रहरीको अभियानले सहज भएको वडा सचिव ध्रव जिसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *