> स्थानीय सरकार > मल्लरानीको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि तथा पशुपालनमा जोड


मल्लरानीको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि तथा पशुपालनमा जोड

प्यूठान, ५ असार । मल्लरानी गाउँपालिकाले कृषि तथा पशु पालनमा बिशेष जोड दिने भएको छ । गाउँपालिकाले शुक्रवार सम्पन्न गरेको सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष अमरध्वज रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कृषि क्षेत्रलाई बिकास गर्नको लागी गाउँघरमा बाझिएका जमिनमा खेती शुरु गर्नेलाई प्रोत्साहित गरिनेछ भने पशुपंक्षीहरुको पकेट क्षेत्रलाई पहिचान गरी पकेटहरुमा प्याकेज कार्यक्रमा समेत जोड दिइने अध्यक्ष रानाले जानकारी दिनु भएको छ । त्यस्तै नश्ल सुधार तथा उन्नत पशुपालनको प्रचार प्रसारमामा समेत बिशेष ध्यन दिने भएको छ ।

कोरोना भाइरसको कारण रोजगार गुमाएकाहरुलाई समेत कृषि मै स्थापित गर्ने कार्यक्रम रहेको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गर्न साना किसानहरुलाई सहकारीको माध्यमबाट एकीकृत गर्दै सामुहिक खेती, तरकारी बीउबिजन फलफूल तथा कृषि उपजको बजार व्यवस्था गरिने समेत जानकारी गराइएको छ ।
त्यस्तै पर्यटन तर्फ मल्लरानी, झाक्रिस्थानलाई बिषेश जोड दिइने छ । सानीलेख, कुखुरेगौडा, गोरखपुरे धुरी देखी माझपानीसम्म पदमार्गको लागी सम्भाव्यता अध्ययन अनुसन्धान समेत गरिने भएको छ । मल्लरानी र झाक्रिस्थानमा पर्यटन प्रर्वधन गर्न केवलकार सञ्चालनको लागी निजी क्षेत्र सँग सहकार्य गर्ने समेत उल्लेख गरिएको छ ।

मल्लरानीबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्ने समेत निती तथा योजना रहेको छ । जेष्ठनागरिकको सम्मानको लागी ‘जनतासँग स्वास्थ्यकर्मी कार्यक्रम’ अन्र्तगत औषधी घरमै पुराउने योजना समेत रहेको छ भने ‘नवशिशु स्याहार उपहार कार्यक्रम’ समेत ल्याइने भएको छ । नीति तथा कार्यक्रममा अन्य पुर्वाधार बिकास, व्यवस्थित सहरीकरण, शिक्षा, रोजगार लगायत बिभिन्न योजनाहरु समेत समाबेश गरिएको छ ।

समन्वय समितिमा सम्पन्न गाउँसभाको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य रहनुभएको थियोे । आचार्यले आवश्यकतालाई महशुुुस गर्दै आफु सँग भएको स्रोत साधनको उपयोग गर्न आग्रह गर्नु भएको छ । बिभिन्न राजनैतिक दलको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष अमरध्वज राना रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!