> स्थानीय सरकार > सरुमारानी गाउँपालिकामा एमाले विजयी


सरुमारानी गाउँपालिकामा एमाले विजयी

प्यूठान । सरुमारानी गाउँपालिकाको अध्यक्षमा झग बहादुर विश्वकर्मा र उपाध्यक्षमा बसन्ता खड्का निर्वाचित हुनुभएको छ । विश्वकर्माले ४२८० मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी मुकुन्दराज शर्माले ४१९४ मत प्राप्त गर्नुभएको छ ।

 

त्यसैगरि खड्काले ४३९४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गुप्त रानाले ३९४७ मत प्राप्त गर्नुभएको छ । सरुमारानीमा १ नम्वर वडामा गठबन्धनबाट नर बहादुर घर्ति विजयी हुनुभएको छ । त्यसैगरि ५ नम्वर वडामा पनि गठबन्धन विजयी भएको छ । एमालेले २, ३, ४ र ६ नम्वर वडामा जित हासिल गरेको छ ।