प्यूठान, ३ असार । कोरोना भाईरस पोजेटिभको संख्या बढ्दै जाँदा माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले नआत्तिन आग्रह गर्नुभएको छ ।
प्यूठान जिल्लाभर ७३ जना संक्रमित हुँदा माण्डवी गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा बसेका २६ जनामा संक्रमण पुष्टि भैसकेको छ । धेरै परीक्षण भएकाले संख्या पनि बढि भएकोले नआत्तिन उहाँले आग्रह गर्नुभएको हो ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्लाभर ११५० जनाको पिसिआर जाँच हुँदा माण्डवी गाउँपालिकाले ४१७ जनाको पिसिआर परीक्षण गरेको छ ।
२६ जना संक्रमित मध्ये १ जना बंगलाचुली गाउँपालिका दाङ र १ जनालाई प्यूठान नगरपालिका पठाइएको छ । गाउँपालिकाका संक्रमितहरुलाई झिमरुक औद्योगिक विकास केन्द्र (जिड्को) र बहुउद्देश्यीय सभा हल देविस्थानमा बनाईएको आईसोलेसन केन्द्रमा राखिएको छ ।
जिड्कोमा १६ र सभा हलमा ८ जना रहेका छन् ।
