> स्थानीय सरकार > सरुमारानीको सार्वजनिक सुनुवाई


सरुमारानीको सार्वजनिक सुनुवाई

प्यूठान । सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाईमा उठेका सवालको जवाफ दिदै अध्यक्ष झग बहादुर बिश्वकर्माले पालिकाले आर्थिक वर्षमा महत्वपूर्ण काम गरेको बताउनेभयो । प्राप्त सवालमध्ये धेरैजसो सुझाव प्राप्त भएकोले आगामी दिनमा काम गर्न पालिकालाई उत्पेरणा मिलेको बताउनुभयो ।

पालिकाले निर्माण भएको सडकलाई दिगो बनाउने र कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउदै लैजाने सुनाउनुभयो । पालिकाले चालु आर्थिक वर्षमा बजेट अभावले गर्दा केही महत्वपूर्ण योजना अघि बढाउन नसकिएको र आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बसन्ता खड्काले पालिकाले गरेका कामहरू अझैपनि जनतामाझ पुग्न नसकेको भन्दै प्राप्त उपलब्धि जनतामाझ पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाले त्यसका लागि जनप्रतिनिधिले सक्रियता देखाउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले तेस्रो चौमासिक र समग्र आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले बडडाडा बजार क्षेत्रमा कालोपत्रे, हंसपुर लिफ्ट खानेपानी योजना, लक्ष्य अनुसारको आन्तरिक आम्दानी, स्थानीय पाठ्यक्रम निर्माण, आवधिक योजना निर्माण लगायतका उपलब्धी हासिल भएको बताउनुभयो ।

पालिकाले ८० प्रतिशत खर्च गरेको छ । ७५ प्रतिशत पुजिगत र ८३ प्रतिशत चालू खर्च गरेको प्रतिबेदनमा उल्लेख छ ।

कार्यक्रममा हेफर र गाउँपालिकाको साझेदारीमा संचालित सरुमारानी कृषि तथा पशु उद्धमशिलता परियोजनाको प्रतिबेदन कार्यक्रम संयोजक बेदराज शर्माले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण युथ मिडिया डेभलपमेन्ट सेन्टर प्युठानले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *