प्यूठान । भालुवाङ–प्यूठान–रोल्पाको यात्रा गर्दै हुनुहुन्छ भने सडक बन्द हुने समय थाहा पाउनुपर्ने भएको छ । सडक खण्डको मोतिपुर क्षेत्रमा सडक चौडा गर्ने र मोडहरु काट्ने काम भैरहेकाले सडक बन्द हुन लागेको हो ।
फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।
