> समाज > निजामति कर्मचारी युनियनको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान


निजामति कर्मचारी युनियनको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान

प्यूठान । नेपाल निजामति कर्मचारी युनियनले प्युठानले नयाँ बर्ष २०८२ काे अबसरमा शुभकामना आदान प्रदान तथा भित्ते पात्राे बिमाेचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

 

कर्मचारी युनियन लुम्बिनी प्रदेश, कर्मचारी युनियन प्युठान र नेपाल शिक्षक सघ प्युठानले संयुत्त रुपमा कार्यक्रम आयाेजना गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा)ले कर्मचारीकाे हित हुने गरि प्रदेशले स्थानीय निजामति ऐन तयार गरेकाे बताउनुभयो । उहाँले शिक्षकका जायज माग सरकारले पूरा गर्नुपर्ने बताउनुभयो । प्रदेशमा गठबन्धन सरकार हुँदै गर्दा काेहि कर्मचारी प्रति आस्थाका आधारमा अन्याय हुन नदिने उहाँको भनाई थियो ।

 

नेपाल कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले शिक्षकका माग २०८२ काे सुरुवातमै सम्बाेधन गर्न सरकारसङ्ग आग्रह गर्नुभयो । नेपालका राजनितिक परिवर्तनमा निजामति कर्मचारी शिक्षककाे भुमिका महत्त्व रहेकाेले सरकारले यकल ट्रेड युनियनकाे अबधारणा अगाडि ल्याउनु गलत भएको बताउनुभयो । उपाध्यक्ष कटुवालले सङ्घिय निजामति ऐन निर्माणका लागि सराेकारवालासङ्ग युनियनले पटक पटक छलफल गरेकाे बताउदै सङ्घिय ऐन समयमा नलिए कर्मचारी युनियनले आन्दाेलन गर्ने चेतावनी दिनुभयो ।

कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्ष बामदेब शर्माकाे अध्यक्षतामा भएको कार्यक्रममा युनियनका प्रदेश, केन्द्र स्तरीय नेता, शिक्षक सघंका नेताहरुले शिक्षकका माग तत्काल सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयो ।

 

कार्यक्रम शिक्षक सघ प्युठान अध्यक्ष जानका केसिकाे सन्चालन र कर्मचारी युनियन प्युठानका अध्यक्ष सुर्य पन्तकाे स्वागतमा कार्यक्रम सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *