> राष्ट्रिय > स्वर्गद्वारी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, २ परिवारका ६ जना सहित ८ काे मृत्यु


स्वर्गद्वारी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, २ परिवारका ६ जना सहित ८ काे मृत्यु

प्यूठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा मृत्यु हुने सवै दाङ निवासी रहेका छन् । प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनको १४ वर्षीय छोरा विशाल पोख्रेल, ९ वर्षीय छोरा विकाश पोख्रेल रहेका छन् ।

 

त्यसैगरी लमही नगरपालिका-५ का ४९ वर्षीय तारा बहादुर कुमाल, लमही नगरपालिका-७ का ४० वर्षीय गोविन्द शाह, उनको ३० वर्षीया श्रीमती राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । एक जना बालकको नाम खुलेको छैन ।

 

लु १ च ६३४५ नम्वरका कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर करीव ४० मिटर तल अर्को घुम्टीमा पुगेको थियो । उनीहरु सवै कारमा च्यापिएका थिए । उनीहरुको स्काभेटरको मद्धतले उद्धार गरिएको थियो । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *