> राजनीति > प्युठानमा स्ववियु निर्वाचन, फेरी भयो अर्को सहमति


प्युठानमा स्ववियु निर्वाचन, फेरी भयो अर्को सहमति

प्युठान । जिल्लामा रहेका विद्यार्थी संगठनहरुले सवै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई सर्वसम्मत बनाउने निणर्य गरेका छन् । आज बसेको पाँच विद्यार्थी संगठनहरुको बैठकले सवै क्याम्पसमा सर्वसम्मत कमिटी बनाउने निणर्य गरेको हो ।

स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अनेरास्ववियु, झिमरुक बहुमुखी क्याम्पसमा अनेरास्ववियु(क्रान्तिकारी), अमर क्याम्पसमा नेवि संघको नेतृत्वमा सर्वसम्मत कमिटी बनाउने निणर्य भएको अनेरास्ववियु प्युठानका अध्यक्ष जाल बहादुर के.सी.ले जानकारी दिनुभयो ।

 

त्यसैगरि प्युठान क्याम्पसमा नेवि संघ र गौमुखी क्याम्पसमा अखिल(छैठौंं) को नेतृत्वमा समिति बनाउने सहमति भएको छ ।

 

उक्त सहमतिले जिल्लामा स्ववियुको सुनिश्चितता हुने भन्दै त्यसका लागि सहयोग गर्न विद्यार्थी, क्याम्पस प्रशासन लगायतलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *