प्यूठान, ३१ जेठ । शनिबार बसेको संसद बैठकले नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक २०७७ सर्वसम्मतले पारिद भएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा समेटिएको निशान छापलाई प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको छ ।
बैठकमा उपस्थित भएका सबै २५८ सांसदले विधेयकको पक्षमा मत दिएका छन् ।






