प्यूठान । प्यूठानका ३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो । मल्लरानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाको राष्ट्रिय शतर्कता केन्द्रमा सरुवा भएको हो । उहाँको ठाउँमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख महेश के.सी.को सरुवा भएको छ ।
त्यसैगरि सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीको सञ्चार मन्त्रालयमा सरुवा भएको छ । उहाँको ठाउँमा निमराज भट्टराईलाई तोकिएको छ ।
त्यसैगरि माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालको भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएको छ ।