> आर्थिक/बिकास > झिमरुक गाउँपालिकाको प्रशासनिक भवन बन्दै


झिमरुक गाउँपालिकाको प्रशासनिक भवन बन्दै

प्यूठान, २९ जेठ । झिमरुक गाउँपालिकाको प्रशासनिक भवन बन्न थालेको छ ।

आज विहीबार गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले भवनको शिलान्यास गरेसँगै निर्माणको काम अघि बढेको हो ।

भवन निर्माणको ठेक्का रविना÷आँशु÷मल्लरानी जेभीले पाएको छ । भ्याट सहित छ करोड ५७ लाख सात सय २४ रुपियाँ लागतमा बहुवर्षीय योजना अन्र्तगत भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । २०७८ जेठ मसान्तभित्र भवन निर्माण सम्पन्न गर्ने गरि निर्माण पक्षसँग गत चैत १३ गते सम्झौता भएको पालिकाका सूचना अधिकारी निम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका–४ मच्छी भ्यागुतेमा भवन बन्न लागेको हो । चार तलाको डिटेल प्रोजेक्ट रिर्पोट(डीपीआर) बनेपनि हाल दुई तला मात्र बन्नेछ । जसमा २२ वटा कोठा, बैठक कक्ष, आपतकालिन ढोका, भण्डार कक्ष, शौचालय हुनेछन् । गाउँपालिकाको प्रशासनिक काम अहिले सभाहलबाट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *