> समाज > सामाजिक सुरक्षा भत्ता सहज बनाउन आग्रह


सामाजिक सुरक्षा भत्ता सहज बनाउन आग्रह

दाङ, २३ बैशाख ।
लकडाउनले पारेका असरका बारेमा तुलसीपुर उपमहानगरपालिका कार्यबाहक प्रमुख नबराज लामिछानेले टोलबासीहरु सङ्ग छ्लफल गर्नुभएको छ । कार्यबाहक नगर प्रमुखको जिम्मेवारी लिएपछी निरन्तर छ्लफल गर्दै आउनुभएका लामिछानेले मंगलवार तुलसीपुर ६ गाईडर स्थित विभिन्न टोलका अध्यक्ष र प्रतिनिधिहरु सङ्ग छलफल गर्नुभएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा भत्तालाई सहज बनाइदिन र राहत बितरणमा देखिएका कमजोरीलाई सुधार गर्न टोलबासीले आग्रह गरेका छन । लक डाउनको समयमा हरेक टोल, बस्तिमा के अवस्था छ ? नगरबासिलाई कसरी सुरक्षित गराउन सकिन्छ भनेर आफु केहिदिन देखि लागिरहेको लामिछानेले बताउनुभयो । उहाँले टोलका अध्यक्षलाइ जम्मा गरेर निरन्तर छलफल चलाइ रहेको ेबताउनु भयो । उहाले टोलमा रहेका मजदुरलाई सुचिकृत गरि जानकारी गराउन निर्देशन समेत दिनुभभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *