प्यूठान । प्यूठानमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्यूठानवाट संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको स्वाव परिक्षणको क्रममा मंगलवार माण्डबी गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको माण्डवी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्व पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित २२,२५,२६,३६ र ४० वर्षका सबै पुरुष रहेका छन् । माण्डबी गाँउपालिका-५ रम्दीका उनिहरु भारतबाट आएर माण्डबी गाँउपालिका-४ को उदयपुरकोटको क्वारेन्टाइनमा बसेका थिए ।
यसअघि जिल्लाको प्यूठान नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकाका १ जना, माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
