> राजनीति > नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो पूर्ण बैठक


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो पूर्ण बैठक

प्यूठान समाचार सम्वाददाता
प्यूठान, १९ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला संगठन कमिटी प्यूठानको तेस्रो पूर्ण बैठक सोमबार सम्पन्न भएको छ । बैठकले तीन महिने पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान चलाउने निर्णय गरेको छ । बैठकले तीन महिने अभियानको कार्ययोजना समेत पास गरेको प्रचार विभाग प्रमुख इमानसिंह भारतीले बताउनुभयो ।
माण्डवी गाउँपालिकाको देबिस्थान स्थित बहुउदेश्यीय भवनमा बसेको बैठकमा पार्टी अध्यक्ष तुल्सीराम शर्माले राजनैतिक एवंम सांगठनिक प्रस्ताव र आर्थिक बिभाग प्रमुख माधब शर्माले आर्थिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्ताव समुहगत छलफल सहित पारित भएको छ ।
बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सचिब जग प्रसाद शर्माले पार्टी अहिले सम्भावना र चुनौतीको बीचबाट अघि बढीरहेको भन्दै कम्युनिष्ट पार्टीमा चल्ने बहस र छलफलबाट तरगिंत नहुन समेत आग्रह गर्नुभयो ।
उहाँले समाजबाद उन्मुख जनताको जनबाद हुँदै समाजवादमा पुग्ने लक्ष्यलाई कसैले रोक्न नसक्ने भन्दै त्यस अनुरुप पार्टीका गतिविधि अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा समुहगत छलफल पछि जिल्लाका पालिका कमिटी अध्यक्षहरुले आफ्नो पालिकाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्माको अध्यक्षतामा भएको बैठकमा पार्टी जिल्ला इन्चार्ज कृष्णध्वज खड्काको विशेष आतिथ्यता थियो । सञ्चालन पार्टी सचिव कृष्ण अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *