> राजनीति > नेकपा सचिवालय बैठक : कुर्चिको चर्चा


नेकपा सचिवालय बैठक : कुर्चिको चर्चा

प्यूठान, २० बैशाख ।
शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा कुर्चिको चर्चा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शनिबारको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कुर्चि समानान्तर राखिएको छ ।

अहिले उक्त बैठकको कुर्चिको तस्विर सामाजिक सञ्जालदेखि अन्यत्र चर्चाको विषय बनेको छ । यसअघिका बैठकमा ओलिलाई मात्र छुट्टै कुर्चिको व्यवस्था गर्ने गरिएको थियो । दाहाल सहितका नेतालाई एउटै लाइनमा बस्ने व्यवस्था गरिएको हुन्थ्यो । दाहालले कुर्चिको विषयमा सचिवालय बैठकमा कुरा उठाएपछि आजको बैठकमा बसाई व्यवस्थापन परिवर्तन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *