> राष्ट्रिय > कोरोना संक्रमितको संख्या ८२ पुग्यो


कोरोना संक्रमितको संख्या ८२ पुग्यो

प्यूठान, २३ बैशाख ।
देशभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा एक जना ९ वर्षीया बालिका पनि छिन् । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । देशभरका संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *