> राष्ट्रिय > म्यानमारमा अलपत्र नेपाली नेपाल आइपुगे


म्यानमारमा अलपत्र नेपाली नेपाल आइपुगे

प्यूठान, २३ जेठ । म्यानमारमा अलपत्र रहेका नेपालीलाई सरकारले उद्धार गरि नेपाल ल्याएको छ । म्यानमार सेनाको एयरफोर्समार्फत २६ जना नेपालीलाई आज शुक्रबार काठमाण्डौ ल्याइएको हो ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएको हो । सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ ।

नेपाल फर्किएका २६ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ भएकोले एकदिन मात्रै होल्डिङ सेन्टरमा राखेर उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!