> राष्ट्रिय > होल्डिङ सेन्टर निरिक्षण


होल्डिङ सेन्टर निरिक्षण

काठमाण्डौ, २० जेठ । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले होल्डिङ सेन्टरको निरिक्षण गर्नु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रका लागि प्रदेश नं. १ संग समन्वय गर्ने समेत जिम्मेवारीमा रहनु भएका नेम्बाङले मंगलबार प्रदेश नं. १ र प्रदेश नं. २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टर निरिक्षण गर्नु भएको हो ।

होल्डिङ सेन्टर निरिक्षणपछि डिसीसीएमसी भक्तपुरले आयोजना गरेको होल्डिङ सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनिकरण गर्न सकिने बताउनु भयो । उहाँले भन्नु ‘हामीले गरेका तयारीहरु ठीक छन् यसलाई सही ढंगले कार्यान्वयन गरियो भने कोरोना संक्रमण न्यूनिकरण गर्न सकिन्छ ।’

मन्त्री नेम्बाङले होल्डिङ सेन्टरमा आवश्यक प्रक्रियाहरु पुरा गरि प्रदेश र स्थानीयतहसंगको समन्वयमा नागरिहरुलाई सहजता साथ सम्बन्धित क्वारेन्टिनसम्म पुर्याइने बताउनु भयो ।

उहाँले महामारी विरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्बन्धित कर्मचारी र स्वयंसेवकहरुलाई उच्चमनोबलका साथ काम गर्न अग्रह गर्नु भयो । अग्रमोर्चामा रहेर महामारी विरुद्धका लडाई लडिरहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतका भूमिका प्रशंसनीय रहेको समेत उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *