प्यूठान, २८ कात्तिक । प्यूठानमा कुलोमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
प्यूठान नगरपालिका-३ रातामाटाका ४२ वर्षीय हिम बहादुर कुमालको घर नजिकैको कुलोमा डुवेको अवस्थामा शुक्रवार विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
शवलाई पोस्र्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषणराज ढकालले जानकारी दिनुभयो । मृतक कुमाल विहिवार दिउसो ३ बजेसम्म घरमा रहेको र मादकपदार्थ सेवन गर्ने भन्ने बुझिएको समेत उहाँले बताउनुभयो ।
