राजनीतिसमाज

चुनाबबाट पछि नहट्ने एमाले नेता थापाको भनाई

प्यूठान । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले एमाले चुनावबाट पछि नहट्ने बताउनुभएको छ । एमाले प्यूठानले आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उहाँले एमाले कानुन र संविधानतः सबै समस्याको समाधान खोज्ने पक्षमा रहेको बताउनुभयो ।

‘संविधान विघटनको संबैधानिक परीक्षण गरिँदैछ ।’ ,उहाँले भन्नुभयो, ‘संंसद विघटन गर्ने कुनै कानुनी र विगतका नजिरहरु छैन, यदि संसद विघटन सदर भएमा त्यतिबेला एमालेले चुनाब बहिष्कार गर्दैन ।’ आफुहरु न्यायिक परीक्षणको पर्खाईमा रहेकोले देशका समस्याको समाधान प्रतिनिधि सभाको पुनःस्थापनाबाटै हुनुपर्ने पक्षमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

‘जेनजी मात्र होइन जेनजी, जेनवाई, जेनएक्स, अल्पा र विटा पुस्ता सबैका आकांक्षा एमालेले हेर्ने हो ।’ ,कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एमाले सबै पुस्ता, उत्पीडित र जनसमुदायको हित गर्ने पार्टी हो ।’

Related Articles

Back to top button