> राष्ट्रिय > जातीय विभेद प्रोत्साहनको आरोप लागेका शिक्षामन्त्रीलाई वरखास्त गर्न दलित संघ संगठनको माग


जातीय विभेद प्रोत्साहनको आरोप लागेका शिक्षामन्त्रीलाई वरखास्त गर्न दलित संघ संगठनको माग

प्यूठान, १६ असार । प्यूठानका विभिन्न दलित संघ संगठनले विज्ञप्ती निकाल्दै सञ्चारकर्मी तथा दलित अधिकारकर्मी रुपा सुनारको काठमाण्डौमा कोठा भाडाको विषयमा भएको विभेदको न्यायको पक्षमा एक जुट भएका छन् ।

 

कोठा भाडाको विषयमा रुपमा सुनारले जातीय विभेद गरेको भन्दै सरुस्वती प्रधानको नाममा असार ३ गते महानगरीय प्रहरी वृत काठमाण्डौमा उजुरी दिनुभएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले यथेष्ट प्रमाण नपुगको भन्दै प्रधानलाई थुना मुक्त गर्न निर्देशन दिएको थियो ।

 

विज्ञप्तीमा नेपाल सकारका शिक्षामन्त्री रहनु भएको कृष्ण गोपाल श्रेष्ठले प्रधानलाई आफै प्रहरी समक्ष पुगी सकारकै गाडीमा घर पुर्याएको संविधान विपरीत गतिविधि गरेकोले सरकार समक्ष श्रेष्ठको वरखास्तको माग गरिएको छ । साथै नेपाल सरकार समक्ष आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सचत गराउँदै यस्ता घटना दोहोरीय कडा आन्दोलनमा उत्रने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *