> राजनीति > कांग्रेस प्यूठानको प्रदेश‘क’ का लागि १५ जनाको नाम सिफारीस


कांग्रेस प्यूठानको प्रदेश‘क’ का लागि १५ जनाको नाम सिफारीस

प्यूठान । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस प्यूठानले उम्मेदवारको नाम सिफारीस गर्न थालेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले लुम्बिनी प्रदेश सभा ‘क’ का लागि १५ जना उम्मेदवारको नाम सिफारीस गरेको छ । प्रत्यक्षतर्फ ७ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारीस गरेको हो ।

 

प्रत्यक्षतर्फ हुकुम बहादुर बिष्ट, मान वहादुर वली, रामचन्द्र पौडेल, नारायण ज्ञवाली, दिपक केसी, जेन्टील गौतम र भरत कुमार श्रेष्ठको नाम सिफारिस भएको छ ।

 

समानुपातिक तर्फ खस आर्यमा इश्वर सिंह बिष्ट, दामोदर कालाथोकी, महिलातर्फ भगवती बिष्ट, नारायणी थापा लम्साल, निसा योगी, जलजला थापा, जनजाति तर्फ बेगम जिएम र दलित तर्फ गोपाल बिकको नाम सिफारिस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *