प्युठान । नौबहिनि गाउँपालिका-५ डामृले आर्थिक वर्ष २०७९/०८० मा ९८ प्रतिशत भौतिक प्रगति गरेको छ । वडा कार्यालयले गरेको वार्षिक गतिविधिको बारेमा जानकारी गराउदै वडा सचिब ज्ञान बहादुर घर्तिमगरले उक्त जानकारी गराउनुभएको हो । वडाले आन्तरिक राजस्व ७ लाख ९२ हजार ४४९ रुपियाँ संकलन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष दलराज पुनले वडाले क्रमिक रुपमा बिकासका योजना अघि बढाएको बताउनुभयो । सहभागीले उठाएको प्रश्नको जवाफ दिदै अध्यक्ष पुनले वडाको बिकासका लागि स्थानीय तहको साथै सम्बन्धित निकायमा पहल गर्दै आएको बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा मोटरबाटोको स्तरउन्नति, झोलुङ्गे पुल निर्माण, खानेपानी योजना निर्माण, बालबिकास केन्द्र स्थापना लगायत विषयमा प्रश्न तथा जिज्ञासा् राखेका थिए । कार्यक्रमको सहजीकरण बास नेपाल प्युठानका अध्यक्ष जुमान सिंह केसीले गर्नुभएको थियो ।






