> समाज > चाडपर्व लक्षित यात्रु सहायता कक्षको शुभारम्भ


चाडपर्व लक्षित यात्रु सहायता कक्षको शुभारम्भ

प्युठान । जिल्लामा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ । बिहिबारबाट प्युठान नगरपालिका वडा नम्बर ७ टिकुरी बसपार्कमा यात्रु सहायता कक्षको सञ्चालनमा ल्याइएको हो ।

 

जिल्लाको मुख्य ब्यापारीक केन्द्र बाग्दुला टिकुरीमा एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईस्वर थापाले यात्रु सहायता कक्षको शुभारम्भ गर्नुभएको हो ।

 

चाडपर्वको समयमा यात्राका क्रममा हुने संभावित दुर्घटनालाई कमगर्न तथा यात्रुलाई कुनै सास्ती नपरोस भन्दै यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईस्वर थापा बताउनुभयो । सहायता कक्षमा चाडपर्वको समयमा गाडीले बढि भाडा उठाउने, गन्तब्यमा नपुर्याउने वा अन्य कुनै समस्या भए गुनासो गर्न सकिने प्रहरी प्रमुख थापाको भनाइ छ ।

 


प्रहरी प्रमुख, डिएसपी थापाका अनुसार यात्रामा यात्रुलाई केही समस्या परे सहायता कक्षामा जानकारी गराए सुरुन्तै यात्रुलाई प्रहरीले सहयोग गर्ने बताउनुभयो । चाडपर्वको बेला यात्रामा चोरी डकैती हुने भएकोले सचेत भएर यात्रा गर्नुपर्ने उहाँको भनाइ थियो । यति यात्रामा कसैलाई शंका लागे सहायता कक्षामा खवर गर्न समेत अनुरोध गरे । जनताको जस्तोसुकै समस्यमा पनि चौबीसै घन्टा प्रहरी सहयोग गर्न तयार रहेको प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिनुभयो ।

 

चाडपर्वमा यात्रुहरुलाई गुनासो गर्न सहज होस भएर जिल्लाका मुख्य मुख्य स्थानमा गुनासो सुन्ने गरि यात्रु सहायता कक्ष संचालनमा ल्याउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानका प्रमुख,प्रहरी नायव निरिक्षक चन्द्र केसिले जानकारी दिनुभयो । ‘अब यात्रु सहायता कक्षबाट यात्रु र गाडी चालकहरुको धेरै समस्या हल हुनेछ,’ उहाँले भन्नुभयो,’यात्रुहरुलाई केहि समस्या भए खवर गर्नुस् सुरक्षाको लागि प्रहरी जतिबेला पनि सहयोग गर्न तयार छ ।’

 

प्युठानको दर्भान, चकचके र खलङ्गा लगाएत जिल्लाका मुख्य केन्द्रमा तत्काल यात्रु सहायता कक्ष सुरु गर्ने योजना रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

 

यात्रु सहायता कक्ष शुभारम्भ गर्दै प्यूठान-काठमाण्डौ रुटमा चल्ने सवारीसाधनका चालक तथा सहचालकलाई फुलमालाले सम्मान समेत गरिएको थियो । यात्रुलाई सुरक्षित र सहज यात्राको लागि भन्दै चालकहरुलाई माला र टीका लगाएर गन्तव्यमा पठाएको थियो ।

 

कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदुर, स्थानिय सरकारका प्रतिनिधि पत्रकार स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले यात्रु सहायता कक्षमा रहेका प्रहरी, यातायात मजदुर र ट्राफिकको सहयोगले यात्रुहरुको समस्या समाधान गर्दै सही यात्रुलाई गन्तव्यमा पुर्याउन मद्दत गर्नुपर्ने बताएका थिए । यात्रुहरुलाई यात्रा गर्दा कुनै समस्या परेमा तत्काल सहायता कक्ष तथा जिल्ला प्रहरी कार्यालय प्युठानको कन्ट्रोल रुमको सम्पर्क नं. १०० वा ट्राफिक कम्ट्रोल नं.१०३ मा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *