प्यूठान, १ फागुन । आज २६ औं जनयुद्ध दिवस देशभर विविध कार्यक्रम गरि मनाइदैछ ।
तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेदेखि शुरुवात गरेको शसस्त्र द्धन्द्धको सम्झनामा दिवश मनाउने गरिएको छ ।
पूर्व माओवादीहरुले देशभर विविध कार्यक्रमको आयोजना गरेका छन् ।
रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।




