> राष्ट्रिय > थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो


थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

प्यूठान, ४ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

आइतवार विहान थप १० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको हो ।

आज रौतहटमा १० जना नया संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ जसमध्ये १ जनाको मृत्यु भएको छ भने ३६ जना सन्चो भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *