> राष्ट्रिय > प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता 


प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता 

प्यूठान, २४ भाद्र । प्यूठानमा राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिने भएको छ ।

यहि भाद्र २९ गते परेको बाल दिवसको अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको सुचना डवली मिडिया प्रा.लि का अध्यक्ष शिशिर के.सीले जानकारी दिनुभयो ।

भाषिक शुद्धता, विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिने प्रा.लीका व्यवस्थापक टु आर क्षेत्रीले बताउनुभयो ।

प्रतियोगितामा सहभागि हुन चाहने १८ वर्षमुनिका बालबालिकाले ‘कोरोनाले बालबालिकाहरुको शिक्षामा पारेको प्रभाव’ विषयमा नेपाली वा अग्रेजी भाषामा निवन्ध लेखि यहि भाद्र २८ गते बेलुका ५ वजेसम्म प्रा.लीको मेल आइडि suchanadabalimedia@gmail.com तथा इन्टरनेटको पहुचमा रहनुभएका तथा मेल आइडी नचलाउने बालबालिकाले Suchana Dabali फेसबुक पेजमार्फत समेत सहभागिता जनाउन सकिनेछ ।

सहभागीमध्ये उत्कृष्ट प्रथम, द्धितिय र तृतियलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *