राजनीति

नेपाली कांग्रेस प्यूठानले नौवटै पालिका अधिवेशन सम्पन्न गर्‍यो, सभापतिमा को–को चयन भए ?

प्यूठान । नेपाली कांग्रेस प्यूठानले जिल्लाका नौवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा नयाँ पालिका नेतृत्व चयन गरिएको हो ।

पार्टी जिल्ला सचिव एनपी मगरका अनुसार नौवटै पालिकाको सभापतिमा चयन हुनेहरूमा स्वर्गद्वारी नगरपालिकामा यादव श्रेष्ठ, प्यूठान नगरपालिकामा दीपेन्द्र केसी, मल्लरानी गाउँपालिकामा रमेश कुमार श्रेष्ठ र गौमुखी गाउँपालिकामा मधुराम केसी रहनुभएको छ ।

त्यस्तै ऐरावती गाउँपालिकाको सभापतिमा चन्द्र रोका मगर, नौबहिनी गाउँपालिकामा कृष्ण केसी, माण्डवी गाउँपालिकामा ऋषि अधिकारी, झिमरुक गाउँपालिकामा भीम जिसी र सरुमारानी गाउँपालिकामा दधिराम भण्डारी चयन हुनुभएको हो ।

Related Articles

Back to top button