प्यूठान, ८ मंसिर । स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाले नेपाली कांग्रेस प्यूठानको अधिवेशनमा मतगणनाको क्रममा भएको क्याम्पस तोडफोडको क्षतिपुर्ति माग गरेको छ । क्याम्पसको भौतिक संरचना तोडफोडको घटना प्रति क्याम्पसले खेद प्रकट गरेको छ ।
मंगलबार साँझ मतगणनाका क्रममा क्याम्पसमा ढुंगा प्रहार भएको थियो ।
घटनामा ११ जना घाईते भएका छन् । घाईते दुई जना सुरक्षाकर्मी सहित चार जनालाई जिल्ला अस्पताल विजुवारले रिफर गरेको छ ।
घाईतेहरुको बुटवल र भैरहवामा उपचार भैरहेको छ ।

