समाज

प्यूठानका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइदै

प्यूठान । २ हजार ५ सय ५७ जना किशोरीलाई पाठेघरको मुखकाे क्यान्सर बिरुवाको एचपिभि खाेप दिइदैछ ।

प्युठान जिल्लाभर कक्षा ६ मा पढ्ने किशोरी र समुदमयका रहेका १० बर्ष पुगेका किशाेरिका लागि खाेप दिन लागिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

गतबर्ष प्युठानमा २ हजार ६  सय ३३ जना किशोरीलाई खाेप दिएकाे बरिस्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन खड्काले जानकारी दिनुभयो ।

जिल्लाभर यकैपटक भदौं २४ देखि २६ गतेसम्म खाेप कार्यक्रम सन्चालन गर्ने जिल्ला स्तरिय खाेप समन्वय समितिले निर्णय गरेकाे छ ।

Related Articles

Back to top button