> आर्थिक/बिकास > सहकारीबाट मल्लरानी गाउँपालिकाको समृद्धि


सहकारीबाट मल्लरानी गाउँपालिकाको समृद्धि

प्युठान । खलंगा कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण आज सम्पन्न भएको छ ।

मल्लारानी गाउँपालिकाको पर्यटकीय स्थल मल्लरानीमा भएको साधारण सभामा सहभागि अतिथिले समग्र मल्लरानी गाउँपालिकाको समृद्धिका लागि सहकारीले प्रभावकारी काम गर्न सक्ने बताएका छन ।

 

कार्यक्रममा प्रमुख अतिथि मल्लारानी गाउँपालिका स्तरीय सहकारी संजालका अध्यक्ष टुक बहादुर रोकाले सहकारीका सबै सदस्य कृषि पेशामा लाग्नुपर्ने बताउनुभयो । उहाले कृषि सहकारी भएकाले कृषि क्षेत्रबाट सदस्यको आय आर्जन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मल्लारानीमा २२ वटा सहकारी सन्चालनमा रहेको जानकारी दिनुभयो ।

बिशेष अतिथि रास्ट्रसेवक सहकारी संस्थाका निवर्तमान अध्यक्ष दिनेश केसीले कृषि तर्फको अनुदान गैर कृषकले पाउने गरेको भन्दै त्यस तर्फ कृषि सहकारीका सदस्य चनाखो हुनुपर्ने बताउनुभयो । सहकारीका प्रत्येक सदस्यले आफुलाई उपयुुक्त कृषि पेशा गर्नुपर्नेमा समेत जोड दिनुभयो।

ॐ बहुउद्देश्यीय सहकारीका सचिब लोकेन्द्र सुनारले सानो सहकारी भएपनि अरु सहकारीसंग साझेदारीमा उत्पादन मुलक योजना अघि बढाउन सकिने सुझाव दिनुभयो । त्यसका लागि आफ्नो सहकारीले समेत सहयोग गर्ने प्रतिवद्द्ता जनाउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष गोपालप्रसाद नकर्मीले आर्थिक र सचिब सपना पोख्रेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष ईमान सिंह भारतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भुवन सिंह र संचालन सचिब सपना पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *