> राष्ट्रिय > एक वर्षमा चार हजार बढीले लिए नागरिकताको प्रतिलिपि


एक वर्षमा चार हजार बढीले लिए नागरिकताको प्रतिलिपि

प्यूठान । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयबाट ७ हजार २२९ जनाले बंशजको आधारमा नयाँ नागरिकता पाएका छन् । प्रशासनको तथ्यांक अनुसार एक वर्षमा ४ हजार २७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । वैवाहिक अंगिकृत नागरिकता ९ वटा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

 

राष्ट्रिय परिचयपत्र र राहदानीको चाप
जिल्ला प्रशासन कार्यालयमा दैनिकजसो राष्ट्रिय परियच पत्र बनाउने र राहदानी बनाउनेको चाप छ । राष्ट्रिय परिचयपत्रको चाप बढेपछि प्रशासनले बार अनुसारको पालिका तोकिदिएको छ । दिनमा ४० जनाको कोटा समेत निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

 


अघिल्लो आर्थिक वर्षमा ८हजार ६६८ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । त्यसैगरि राहदानीका लागि १ हजार ७ सय ८८ जनाको साधारण सिफारिस र ४ हजार ८१८ जनाको दु्रत सेवा सिफारिस गरिएको प्रशासनको तथ्यांक छ ।

 

प्रशासनले राहदानीबाट मात्रै १ करोड २४ लाख ६० हजार २५० रुपियाँ राजश्व संकलन गरेको छ । त्यसैगरि अरु सिफारिसबाट ४ लाख ९९ हजार ८५० रुपियाँ संकलन गरेको छ ।

 

एक वर्षमा कार्यालयबाट १९ लाख ४४ हजार र प्रदेश सरकारबाट ३६ लाख ३० हजार रुपियाँ राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *